सार्वजनिक पदमा रहेका जोसुकै जोडिए पनि सुन र सहकारी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ: प्रवक्ता महत (भिडिओ) – Nepal Press

सार्वजनिक पदमा रहेका जोसुकै जोडिए पनि सुन र सहकारी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ: प्रवक्ता महत (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी र सुन प्रकरणमा सार्वजनिक जीवन व्यतित गरिरहेका व्यक्तिहरूमाथि प्रश्न उठे पनि कानूनको दायरामा आउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरूमाथि प्रश्नहरू उठ्यो भने गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।

उनले भने, ‘हामी सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा छौं । कुनै पनि सार्वजनिक जीवनमा रहेका जो–कोहीले पनि यो जुन मूल्य र मान्यता छ, कानूनी शासनको व्यवस्था जुन छ, त्यो उच्च मर्यादालाई हामी सबैले पालना गर्नुपर्छ । जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरूमाथि प्रश्नहरू उठ्छ, अनुसन्धानले केही समस्या देखाउँछ भनेदेखि त्यसको गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्छ । अनुसन्धानले जे निष्कर्ष निकाल्छ, त्यो सबैले स्वीकार गर्नुपर्छ ।’

सार्वजनिक जीवन वा बाहिर रहेका व्यक्ति भए पनि संलग्नता देखिन्छ भने कानूनको परिधिमा आउनुपर्नेमा उनले जोड दिए ।

पूर्वअर्थमन्त्री महतले थपे, ‘जसको बारेमा प्रश्न उठ्छ, जुन विषय अनुसन्धानको घेरामा छ । जुन निकायमा रहिरहँदा त्यो अनुसन्धानमा सम्झौता हुने अवस्था हुन्छ, त्यसमा प्रश्न स्वाभाविक रहन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर