मधेश सरकारमा एमाले सहभागी हुँदै, सरोज यादवले आजै भौतिक मन्त्रीको शपथ लिने – Nepal Press

मधेश सरकारमा एमाले सहभागी हुँदै, सरोज यादवले आजै भौतिक मन्त्रीको शपथ लिने

जनकपुरधाम । नेकपा एमाले आज मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । वर्तमान सत्ता समीकरण अनुसार एमाले मधेश सरकारमा सहभागी हुन लागेको हो ।

एमाले प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री बन्दैछन् । स्रोतका अनुसार उनी आजै भौतिक पूर्वाधार तथा विकास मन्त्रीको शपथ लिनेछन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले एमालेका यादवलाई मन्त्री नियुक्त गरी आजै शपथग्रहण गराउने तयारी गरेका छन् । एमालेभित्र नै मन्त्री बन्न विवाद देखिएकाले पहिलो चरणमा दलका नेता यादव मात्र मन्त्री बन्न लागेको बुझिएको छ ।

अहिले नेपाली कांग्रेसका दलका नेता कृष्ण प्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री छन् । उनी राजीनामा दिन नमानेपछि बर्खास्त गरी एमालेका यादवलाई सो मन्त्रालय दिने मुख्यमन्त्री निकट स्रोतले बताए ।

कांग्रेसबाट गृह तथा संचारमन्त्री मोहम्मद समिम र स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंह छन् । उनीहरू पनि राजीनामा दिएका छैनन् ।

नयाँ सत्ता समीकरण अनुसार बनेको गठबन्धनमा लोसपा पनि सहभागी छैन । तर मधेशमा लोसपाका मन्त्रीलाई प्रदेश सरकारले नहटाउने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर