गृहमन्त्रीलाई गगनको प्रश्न- तपाईँबाट सहकारी ठगीको अनुसन्धान निष्पक्ष हुन्छ भनेर भनेर कसरी पत्याउने ? (भिडिओ) – Nepal Press

गृहमन्त्रीलाई गगनको प्रश्न- तपाईँबाट सहकारी ठगीको अनुसन्धान निष्पक्ष हुन्छ भनेर भनेर कसरी पत्याउने ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबाट सहकारी ठगीबारे अनुसन्धान हुनेमा आशंका व्यक्ति गरेका छन्।

प्रतिनिधि सभाको बैठक बोल्दै महामन्त्री थापाले आफैँ मुछिएको काण्डमा गृहमन्त्रीले कसरी निष्पक्ष छानबिन गर्छन् ? भन्दै प्रश्न गरे।

उनले भने- सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफै मुछिनुभएको छ। अब यसको निष्पक्ष छानबिन हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने ? प्रहरीले अनुसन्धान गर्दा त शक्तिशाली नेताहरूलाई नछुने रहेछ। जीवी राई, दीपेश पुनसहितको समूहले अर्बौँ अपचलन गरेको छ त्यसमध्येको सबैभन्दा धेरै पैसा ग्यालेक्सी टेलिभिजनमा गएको रहेछ। मैले थाहा पाएसम्म अझै धेरै शक्तिशाली नेताहरूको नाम आउँछ। राम्रोसँग अनुसन्धान हुने हो भने। त्यसैले अनुसन्धान नियमित ढंगले प्रहरीले गर्न सक्छ भनेर हामीले कसरी पत्याउनेरु सहकारी ठगीमा कुनै एउटा प्रमाण नास नहोस्। अहिले प्रमाणहरू प्रहरीसँगै छ। पीडितहरूले जम्मा गरेर दिएका छन्। जो मुछिएको छ त्यसले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने ? प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिएको छ। हामीलाई ओठे जवाफ होइन। जिम्मेवारी बोधसहितको चाहिन्छ।

उनले नखाएको विष नलाग्ने भएकाले गृहमन्त्रीलाई आफू जोडिएको प्रकरण टुंग्याउन आग्रह गरेका छन्।

उनले थपे- म गृहमन्त्रीलाई पनि आग्रह गर्न चाहन्छु यसलाई टुंग्याउन दिऊ। दूधको दूध पानीको पनि हुन दिऊँ। नखाएको विष लाग्न हुँदैन। त्यसको पीडा मैले पनि भोगेको छु। यदि विष नखाएको छ भने लाग्न हुँदैन। हामी कसैले पनि न्यायाधीश बनेर त दोषी भन्न हुँदैन।

उनले अहिलेसम्म आएका ठूला प्रकरणमा सत्तापक्ष होस् वा प्रतिपक्ष दोषी देखिए सबैलाई कारबाही गर्न माग गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर