दुर्घटनामा मालपोत कार्यालय प्रमुखको मृत्यु – Nepal Press

दुर्घटनामा मालपोत कार्यालय प्रमुखको मृत्यु

रुपन्देही । रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार राती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको दुर्घटनामा रुकुमको मुसिकोट नगरपालिका-१ घर भइ हाल रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ मझगावास्थित मालपोत कार्यालयमा कार्यरत कार्यालय प्रमुख (मालपोत अधिकृत) ४२ वर्षीय तिलक बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार राती करिब ८ः५० बजे भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३-०२-००१ ब ४८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक रावतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह विष्टले बताए ।

प्रहरी निरीक्षक विष्टका अनुसार दुर्घटनाबाट घाइते रावतलाई तत्कालै सिद्धार्थनगर सिटी हस्पिटल पुर्‍याइएको र चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

कारचालक लुम्बिनी सांस्कृतिक नगरपालिका-३ का ५३ वर्षीय अलाउद्दिन मुसलमान, मोटरसाइकल र कार प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक विष्टले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *