विशम र एलिनाले ल्याए ‘यो मनको कुनामा’ (भिडिओ) – Nepal Press

विशम र एलिनाले ल्याए ‘यो मनको कुनामा’ (भिडिओ)

काठमाडौं । गायक विशम आचार्य र गायिका एलिना थपलियाको स्वर रहेको ‘यो मनको कुनामा’ म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।

कलाकार विराज बास्कोटाको अफिसियल युट्युब च्यानलमार्फत रिलिज भएको उक्त गीतको शब्द सानु थपलिया र संगीत लेखु सहयात्रीको रहेको छ भने गायक आचार्य आफैंले एरेन्ज गरेका छन् ।

भिडिओको निर्देशक निर्मल कुमार लामा (बीजी)ले गरेका छन् भने पवन सुस्लिङको सिनेम्याटोग्राफी तथा सम्पादन रहेको छ ।

भिडिओमा बिराज बाँस्कोटा, स्मारिका ढकाल, दिनेश सुवेदी र एलिना थपलियाको रोमान्चक अभिनय देख्न सकिन्छ ।

गीतले प्रेमील जोडीबीचको आत्मीयता देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *