हाइटीमा ग्याङ हिंसा हुँदा युनिसेफको सहायता सामाग्री बोकेको कन्टेनर लुटियो – Nepal Press

हाइटीमा ग्याङ हिंसा हुँदा युनिसेफको सहायता सामाग्री बोकेको कन्टेनर लुटियो

काठमाडौँ । हाइटीमा जारी हिंसाको क्रममा संयुक्त राष्ट्र सङ्घीय बाल कार्यक्रम (युनिसेफ) को कन्टेनर लुटिएको छ । हाइटीमा ग्याङ हिंसा भएर सहायता सामाग्रीहरू बोकेको युनिसेफको कन्टेनर लुटिइएको हो ।

कन्टेनर हाइटीको मुख्य बन्दरगाहबाट लुटिएको हो । शनिवार आफ्ना १७ कन्टेनरमा एक लुटिएको औपचारिक जानकारी दिएको छ ।

गर्भवती महिला, नव आमा र बालबालिकाहरूलाई चाहिले आवश्यक सहायता सामाग्री बोकेको कन्टेनर लुटिएको हो । हाइटीमा हरेक चार महिलामा एक जनालाई आधारभूत स्वास्थ्य सेवा सुविधा तथा पोषणको अभाव हुने युनिसेफको तथ्यांक छ ।

हाइटीमा पछिल्ला हप्ताहरूमा ग्याङ हिंसा बढिरहेको छ । प्रधानमन्त्री एरियल हेन्रीको राजीनामाको मुद्दा बोकेर हिंसामा उत्रिएको ग्याङले उनको राजीनामा आएपछि पनि कुनै हिंसा बिराम गरेको छैन ।

अहिले हाइटीको राजधानी पोर्ट औ प्रिन्स लगायतका विभिन्न सहर तथा बन्दरगाह क्षेत्रहरूमा हाइटीका प्रहरी तथा ग्याङहरुको बन्दुक भिडन्त भएका खबरहरू विश्व मिडियामा सार्वजनिक भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर