अफ्रिकी देश निजेरले गर्‍यो अमेरिकासँगको सैन्य सम्झौता रद्द गरेको घोषणा – Nepal Press

अफ्रिकी देश निजेरले गर्‍यो अमेरिकासँगको सैन्य सम्झौता रद्द गरेको घोषणा

काठमाडौं । अफ्रिकी देश निजेरले अमेरिकासँगको सैन्य सम्झौता रद्द गरेको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार निजेरले अमेरिकाले निजेर सरकारका प्रवक्ता आमादाउ आब्ब्रामेनले शनिवार राती यस्तो जानकारी दिएका हुन् ।

अमेरिकाको अफ्रिकी कमान्डका प्रमुख जनरल माइकल लेङ्लेले निजेर यात्रा समेर हिँडेको तीन दिनमै यस्तो सूचना सार्वजनिक भएको हो । गत जुलाईमा सैन्य कू भएको निजेरमा अहिले पश्चिमा विरोधी सरकार बनेको छ ।

फ्रान्सेली भाषा बोल्ने निजेरमा अहिले फ्रान्स तथा अमेरिकी लबी कमजोर भइरहेको छ । त्यसैको एक पराकम्पको रूपमा अमेरिकासँगको सैन्य सम्झौता रद्दलाई हेरिएको छ ।

निजेरमा अमेरिकाको ड्रोन सञ्चालन गर्ने पश्चिम अफ्रिका क्षेत्रको एक हिस्सा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर