ओली-प्रचण्ड र देउवालाई बाबुरामको आग्रह : साना दललाई छाडेर तपाईंहरू मिल्नुस् (भिडिओ) – Nepal Press

ओली-प्रचण्ड र देउवालाई बाबुरामको आग्रह : साना दललाई छाडेर तपाईंहरू मिल्नुस् (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तीन ठूला दललाई मिलेर सरकार चलाउन आग्रह गरेका छन् ।

प्रा. डा. एसडी मुनिद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर साझा एजेण्डा बनाएर अघि बढ्न आग्रह गरे ।

उनले भने, ‘एक वर्षमा तीन पटक सरकार परिवर्तन भइसक्यो । यही ताल हो भने १२ चोटी सरकार परिवर्तन हुन्छ भन्ने चर्चा हुन थालिसक्यो । यसरी हुँदैन । मैले शेरबहादुर, ओली र हाम्रो प्रचण्डजीलाई यसरी हुँदैन तपाईंहरु बाँड्नुस् बरू एक दुई वर्ष कसरी हुन्छ बाँड्नुहोस् साना दललाई छाड्दिनुस् र तपाईंहरु साझा एजेण्डामा अगाडि बढ्नुस् भन्दा मान्नुहुन्न । अनि यही खेल खेलिराख्नुहुन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर