कानूनी प्रक्रिया पूरा गरेर भूमि सम्बन्धी समस्या समाधान गरिन्छ : मन्त्री अधिकारी


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कानूनी प्रक्रिया पूरा गरेर भूमि सम्बन्धीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
एमाले वाणगंगा नगर कमिटीले शनिबार कपिलवस्तुमा आयोजना गरेको बधाई एवं सम्मान कार्यक्रममा मन्त्री अधिकारीले भूमि सम्बन्धीका समस्या समाधानका लागि आत्तिएर भन्दा कानूनी प्रक्रिया पुरा गर्न आवश्यक रहेको बताए ।
मन्त्री अधिकारीले यस अघि गठित भूमि आयोग विघटन गर्दा मुद्धा झेल्नुपर्ने लगायत अनेकौ समस्या हुने भएकाले विधि र प्रक्रिया अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले मन्त्रालय मन्त्रालयबीच रहेको कानुनी जटिलता हटाएर नागरिकका काम सहज रुपमा गर्न आफु लागि पर्ने धारणा राखे ।
जनताका लागि काम गर्दा आफुलाई पदको कुनै मोह नरहेको उनले बताए ।