जनमतको केन्द्रीय कमिटीको बैठक आजदेखि वीरगंजमा – Nepal Press

जनमतको केन्द्रीय कमिटीको बैठक आजदेखि वीरगंजमा

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैटक आजबाट सुरु हुँदैछ। दुई दिनसम्म चल्ने केन्द्रीय कमिटीको बैठक विरगंजको क्लासिक व्याङ्क्विटमा सुरू हुन लागेको प्रवक्ता डा. शरद यादवले बताए।

उनका अनुसार बैठकमा अध्यक्ष डा.सिके राउतले समसामयिक बिषयमा ब्रिफिङ गर्नेछन्। बैठकले पार्टीको आगामी कार्य नीति एवम् योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रबारे पनि छलफल हुने उनले जनाए।

बैठकमा केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिसहित केन्द्रीय सदस्यहरुको सहभागी हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर