भ्रष्टाचारको बोझ घण्टीले बोक्दैछ, राप्रपामा गएर मिश्रले ठूला कुरा गर्न मिल्दैन : अध्यक्ष गुरुङ – Nepal Press

भ्रष्टाचारको बोझ घण्टीले बोक्दैछ, राप्रपामा गएर मिश्रले ठूला कुरा गर्न मिल्दैन : अध्यक्ष गुरुङ

रामेछाप । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दलको गौरवमय इतिहास भएको र यसले राणा शासन विरुद्ध संघर्ष गरी त्यसको अन्य गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

शुक्रबार नेपाल तरुण दल रामेछापको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्रै गुरुङले नेपालको रक्षा र महिलाहरूको अधिकारको लागि गाउँ–गाउँमा पुगेर तरुण दलले राजनीतिक चेतना र कांग्रेसको विचार जनतामा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

अध्यक्ष गुरुङले नेपालमा भएको ससस्त्र युद्धको नाममा माओवादीले हतियार उठाइ पहिलो आक्रमण तरुण दललाई गरेको स्मरण गरे । उनले भने, ‘जनयुद्धमा हाम्रा धेरै साथीहरूको ज्यान गुमेको थियो । रामेछापको यस मञ्चबाट ती सबै सहिदहरुप्रति म सलाम गर्न चाहन्छु ।’

यस्तै उनले तरुण दल जहिले पनि नेपालको विप्पतमा अग्रस्थानमा गएर काम गर्ने बताए । उनले भने, ‘हिजो हामी सामन्तीको विरुद्धमा संघर्समा थियौं । अहिले हामी रोजगार, कृषि र आर्थिक संघर्षमा छौं । नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भनी अहिले तरुण दल संघर्समा छ ।’

कार्यक्रममा उनले गठबन्धन टुटेको र त्यो गठबन्धन कांग्रेसले चाहेर बनाएको नभएको बताए । उनले गठबन्धन टुटेर कांग्रेसलाई कुनै असर नपर्ने बताए ।

देशमा दुई-दुई वर्षमा नयाँ पार्टीहरू आउने गर्छन् । उनीहरूले टुल–ठुला कुरा गर्ने गर्छन् तर र तीन वर्षमा पत्ता साफ भएर जान्छन् । अध्यक्ष गुरुङले भने, ‘निर्वाचनमा हामीले भनेका थियाैं । धेरै घण्टी (राष्ट्रिय स्वातन्त्र पार्टी)को विश्वास नगर्नुस्। अहिले राप्रपामा गएका रवीन्द्र मिश्र नेपालको लोकतन्त्रको विषयमा हामी भन्दा धेरै ठुला कुरा गर्नुहुन्छ । तर आज राजा आऊ देश बचाउ भन्ने पार्टीमा हुनुहुन्छ उहाँहरू ।’

गुरुङले अहिले घण्टीले कांग्रेस विरुद्ध भ्रम छर्दै गएको बताए । उनले यो दुई वर्ष भित्र कम्युनिष्टहरुका विभिन्न भ्रष्टाचारका बोझ यही घण्टीले भोग्ने र यस्ता पार्टीलाई नेपाली जनता र इतिहासले माफ नदिने बताए ।

यस्तै, उनले हिजो रामेछापमा भएको आगालागीबाट भएको क्षतिमा तरुण दलका कार्यकर्ताहरूलाई सहयोगमा जुट्न आग्रह गरे । कार्यक्रममा जिल्लाका हजारौं तरुण तथा शुभचिन्तकहरू उपस्थित थिए ।

 


प्रतिक्रिया

2 thoughts on “भ्रष्टाचारको बोझ घण्टीले बोक्दैछ, राप्रपामा गएर मिश्रले ठूला कुरा गर्न मिल्दैन : अध्यक्ष गुरुङ

  1. कांग्रेसले लोकतन्त्रको धज्जी उडाउदै, सत्ताको लागि प्रचण्ड्पथ अपनाए पछि राप्रपाले लोकतन्त्रको वकालत किन नगर्ने? अर्को कुरा रबिन्द्र मिश्रले राजसंस्थाको वकालत नगरेर सिद्धान्तहिन कांग्रेसको गर्दिनुपर्ने हो त!

  2. थुक्क कालो काँग्रेस हिजो नेपाल र नेपाली को आस्था को धरोहर राजसंस्था र हिन्दु राष्ट्र फ्याक्ने यही काँग्रेस आज भ्रष्टाचार मा चुर्लुम्म डुबेर अरूलाई अर्ती दिने?? मा त्यहाँ भएको भए यसको मुख फुट्ने गरेर जुत्ता जूता ले हान्ने थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर