एआईजी श्याम ज्ञवाली र किरण बज्राचार्यको विभाग साटफेर – Nepal Press

एआईजी श्याम ज्ञवाली र किरण बज्राचार्यको विभाग साटफेर

कठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली र किरण बज्राचार्यको जिम्मेवारी साटफेर गरेको छ ।

मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सिआईबीको प्रमुख र बज्राचार्यलाई कार्यविभाग प्रमुखमा सरुवा गरेको हो ।

मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री वर्षमान पुन, कानूनमन्त्री पदम गिरीलगायतले सुन तस्करी सम्बन्धी छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सकिने सुझाव दिएका थिए ।

बैठकले आयोगको प्रतिवेदन कार्यन्वयनमा लैजाने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर