संसदमा कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा (भिडिओ) – Nepal Press

संसदमा कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रदीप पौडेलले नैतिकताको आधारमा लामिछानेले राजीनामा दिनुपर्ने बताए ।

उनले भने- आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री हुन हुँदैनथ्यो। प्रधानमन्त्रीले प्रश्न भएको मान्छेलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो। सहकारी ठगी सम्बन्धी अनुसन्धान भइरहेको व्यक्ति सरकारको मुख्य प्रमुख हुँदा पीडितहरूको काम कसरी पूरा हुन्छ ?

पीडितहरूको विश्वास जित्ने नसकेको सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छ ।


प्रतिक्रिया

2 thoughts on “संसदमा कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा (भिडिओ)

  1. यो देश बिगार्ने एक नम्बरको फटाहा पार्टी काँग्रेस
    हो । त्यस्ता पार्टीका नेताले हुँदै नभएको घटनालाई आफैले जबर्जस्ती बनाउन लगाएर, त्यसपछि प्रचार गर्न लगाएर राजिनामा माग्न लाज लाग्दैन? रविले होईन यस्ता फटाहा कुरा गर्ने तिमी साँसद बन्न योग्य रहेनछौ । पहिला जिताउने जनता अहिले पछुताईरहेका छन् कि कस्तो वाहियातलाई जिताईएछ भनेर । त्यसैले राजिनामा तिमी देउ । अन्यथा जनताको कारवाहीमा पर्नेछौ २०८४ मा । यो देशको एकमात्र शत्रु, विदेशीको दलाली गर्ने, भ्रष्टाचारीहरूका नाईकेहरूले भरिएको पार्टी हो काँग्रेस । फुर्ति लाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर