डोटीमा ओखरको रुखमा पहिलो पटक टप ओर्किङ्ग – Nepal Press

डोटीमा ओखरको रुखमा पहिलो पटक टप ओर्किङ्ग

डोटी । डोटीमा पहिलो पटक हाडे ओखरको रुखमा टप ओर्किङ्ग गरिएको छ । कृषकहरुले दाँते ओखर भनेर लगाएका रुखमा हाडे ओखर फलेको भन्दै पटक पटक गुनासो गरेपछि परीक्षणको रुपमा टप ओर्किङ्ग (कलमी) गरिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले जानकारी दिए ।

उनले जिल्लाका दिपायल, सिलगढी नगरपालिका, आदर्श र सायल गाउँपालिकाका ५० रुपमा टप ओर्किङ्ग गरिएको जानकारी दिए । ‘यो फल्न लागेका रुपमा गरिने प्रविधि हो, रुख काटेर त्यसमा दाँते ओखरका हाङ्गँगा रोप्ने गरिन्छ’, ज्ञान केन्द्र प्रमुख अवस्थीले भने, ‘यो प्रविधि बैतडीको सतबाँझमा सफल भएको छ, डोटीमा भने पहिलो पटक परीक्षण गर्दैछौं ।’ उनले यसरी टप ओर्किङ्ग गरेका रुखहरु ३/४ वर्षमा फल्ने बताए ।

दक्ष तालिम प्राप्त प्राविधिकहरुद्वारा टप ओर्किङ्ग गरिएको अवस्थीले बताए । उनले थपे, ‘रुखमा नयाँ पालुवा आउनु भन्दा १/२ हप्ताअघि टप ओर्किङ्ग गर्दा सफल हुने सम्भावना अधिक रहन्छ ।’ टप ओर्किङ्ग प्रविधि सफल भएमा अर्को वर्ष जिल्लाभरी यो प्रविधि विस्तार गरिने उनले वताए ।

यसअघि डोटी जिल्लामा मेलको रुखमा टप ओर्किङ्ग गरि नासपाती रोपिएको थियो । मेलमा नासपाती फलाउने प्रविधि सफल भएको समेत अवस्थीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर