बचत फिर्ता माग्दै काठमाडौंमा सहकारीपीडितको प्रदर्शन (तस्बिरहरू) – Nepal Press

बचत फिर्ता माग्दै काठमाडौंमा सहकारीपीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । सहकारीका बचतकर्ताले आफूले गरेको बचत रकम फिर्ता पाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन सुरू गरेका छन् । सहकारीमा पैसा बचत गरेकाहरूले आफ्नो बचत रकम फिर्ता नपाएको भन्दै आज प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा काठमाडौंका कालिमाटी, गोंगबु, शंखपार्क र जावलाखेलबाट पीडितहरू भृकुटीमण्डम आएका हुन् । पछिल्लो समय सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि समस्या हुँदै आइरहेको छ ।

‘नेपाल भरका सहकारीपीडित बचतकर्ता एक होऔं । निक्षेपको सावाँ, व्याज अविलम्ब फिर्ता र सुनिश्चतताको लागि आफैं लडौं,’ भन्ने नारा लगाएर प्रदर्शनमा आएका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आव्हानमा भृकुटीमण्डपमा प्रदर्शन गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *