ज्ञानेन्द्र शाहीको प्रश्न- रूसबाट नेपालीले भारतलाई गुहार्दैछन्, नेपालमा सरकार छ ? – Nepal Press

ज्ञानेन्द्र शाहीको प्रश्न- रूसबाट नेपालीले भारतलाई गुहार्दैछन्, नेपालमा सरकार छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सरकार छ कि छैन् भन्दै प्रश्न उठाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धारको लागि माग गरेको भन्दै यो देशमा सरकार होइन कुर्सी मात्र भएको आरोप लगाए ।

उनले भने, ‘यसो हेरे सरकार त छ । तर सरकार छ कि छैन । छ भने रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग हामीलाई उद्धार गर्नुपर्यो भनेर गुहार मागिरहनु भएको छ भारतसँग भने के नेपालमा सरकार छ ? कुर्सी छ कहिले वारी कहिले पारी त्यति छ ।’

यस्तै, उनले रसियामा गोरखाका नागरिक पनि अलपत्र रहेको भन्दै आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले जनताको उद्धार गर्ने विश्वास नभएको बताए ।

उनले भने, ‘गोरखाबाट प्रधानमन्त्री र परराष्ट्र दुवै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले यो देशका जनताको उद्धार गर्छ भनेर कसरी विश्वास गर्ने ।’

 


प्रतिक्रिया

One thought on “ज्ञानेन्द्र शाहीको प्रश्न- रूसबाट नेपालीले भारतलाई गुहार्दैछन्, नेपालमा सरकार छ ?

  1. आफ्ना नागरिकको रक्षा गर्न नसक्ने सरकारलाई कसरी सरकार भन्ने!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर