अमरेशकुमारको प्रश्न- विदेशीको इसारामा देशलाई अस्थिर बनाइराख्ने ? – Nepal Press

अमरेशकुमारको प्रश्न- विदेशीको इसारामा देशलाई अस्थिर बनाइराख्ने ?

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली सेनाका सेनापति राज्यको सुरक्षा र अखण्डता खतरामा छ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै केही व्यक्तिले एक थान प्रधानमन्त्री र मन्त्रीको लागि देशको अखण्डतासँग खेलबाड भइरहेको बताए।

उनले भने- नीजि स्वार्थको लागि केही दल र व्यक्तिले देशलाई अस्थिर बनाउन खोज्दैछन्। विदेशीको इसारामा देशलाई गरिब बनाएको छ। विदेशीको इसारामा नै देशलाई अस्थिर बनाइराख्ने ? देशको अखण्डतामा खतरा पुर्‍याउने ? यो स्वीकार हुँदैन।

उनले साम्प्रदायिक सद्भाव भड्काउने गतिविधि निरन्तर भइरहेकाले सरकारको ध्यानाकर्षण गराए। उनले सरकार र राजनीतिक दल दलालीमा लागेर साम्प्रदायिक सद्भाव भड्काउने गतिविधि गरिरहेको आरोप लगाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर