कोशीमा केदार कार्की नेतृत्वको सरकारको विकल्प नभएको कांग्रेसको ठहर – Nepal Press

कोशीमा केदार कार्की नेतृत्वको सरकारको विकल्प नभएको कांग्रेसको ठहर

काठमाडौं । केन्द्रमा गठबन्धनबाट बाहिरिएको नेपाली कांग्रेले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

बिहीबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शीर्ष नेतृत्वको छलफलले उक्त निष्कर्ष निकालेको हो । सभापति निवासमा उपसभापतिद्वय पूर्णबहादु खड्का र धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेता भेला भएका थिए ।

छलफलपछि महामन्त्री गगन कुमार थापाले प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष निकालिएको जानकारी दिए ।

थापाले भने, ‘न यसको विकल्प छ, न यसलाई विघटन गर्न सकिन्छ, न अविश्वासको प्रस्ताव ल्याउन मिल्छ भनेर मुख्यमन्त्री कार्कीले तर्क र दलील प्रस्तुत गर्नुभयो । हामी सबैको निष्कर्ष पनि त्यही नै हो ।’


प्रतिक्रिया

One thought on “कोशीमा केदार कार्की नेतृत्वको सरकारको विकल्प नभएको कांग्रेसको ठहर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर