धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन – Nepal Press

धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन् । बीमा सिमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं,राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टले आवेदन दिएका छन् ।

बोर्डकै कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, डा.नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठले पनि अध्यक्षका लागि आवेदन दिएका छन् ।सन्तोषनारायण श्रेष्ठ, निरज गिरी, डा. केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, प्रविन पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. बिमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्की छन् ।

बोर्डको तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि नयाँ अध्यक्ष सिफारिस गर्न सरकारले माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

सो समितिले नै आवेदन परेकामध्यबाट तीन जनाका् नाम अध्यक्षका लागि अर्थमन्त्रालयलाई सिफारिस गर्नेछ । अर्थले सो नाम क्याबिनेटमा प्रस्ताव गर्नेछ । त्यसपछि अर्थ मन्त्रालयको सिफारिसमा ३ मध्येबाट एक जनालाई मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि २०८० जारी भएसँगै फागुन १६ गते आवेदन खुला गरिएको थियो । आवेदन दिने म्याद आज (फागुन ३०) सकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर