आईसीसी अध्यक्ष ग्रेग नेपाल आउने – Nepal Press

आईसीसी अध्यक्ष ग्रेग नेपाल आउने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमण गर्ने भएका छन् । उनी मार्च १८ देखि २१ सम्म नेपाल भ्रमणमा आउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानले प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेपालमा खेलकुदको विकासका लागि थप अवसरहरूको खोजी गर्ने महत्वपूर्ण कदम भएको जनाएको छ ।

बार्कले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा औपचारिक भ्रमण गर्न गर्नेछन् ।

क्रिकेट समर्थन, कोषका अवसरहरू र राष्ट्रिय खेलकुद नीतिहरूमा एकीकरणको बारेमा छलफल गर्न प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलगायत प्रमुख व्यक्तिहरूसँग आधिकारिक बैठक गर्ने तालिका रहेको क्यान जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर