मृत्यु भएका व्यक्तिको भत्ता बुझेको आरोपमा वडाध्यक्षविरुद्ध अख्तियारको मुद्दा – Nepal Press

मृत्यु भएका व्यक्तिको भत्ता बुझेको आरोपमा वडाध्यक्षविरुद्ध अख्तियारको मुद्दा

रुपन्देही । मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता बुझेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानका पूर्ववडाध्यक्षविरुद्ध मुद्दा दर्ता गरेको छ ।

सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध अख्तियारले यस्तो मुद्दा दायर गरेको हो ।

शारदा नगरपालिका वडा नम्बर ३ मा मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण भइरहेको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको र अनुसन्धानका क्रममा तत्कालीन वडाध्यक्ष थापाले अस्तित्वमा नभएका व्यक्तिको नामको ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बुझेको पाइएको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

थापाले आमा नाता उल्लेख गरेर वृद्धभत्ता बुझेको पुष्टि भएको जनाइएको छ । उनले आर्थिक वर्ष २०७४–७५ र २०७५–७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६-७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार रुपैयाँ बुझेको अख्तियारले बताएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *