टी-२० सिरिजको उपाधि जित्न नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य – Nepal Press

टी-२० सिरिजको उपाधि जित्न नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

 

काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पीएनजीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो ।

पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन जोडे । अले नाओले ३०, हिला वारेले १८, किप्लिन डोरिगाले १४, चाड सोपरले १३ र हिरी हिरिीले १५ रनको योगदान दिए ।

बलिङमा नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३-३, गुल्सन झा र करण केसीले एक-एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर