गणतन्त्र दिवसमा कैद छुट पाएका ४८२ जनाको नाम सार्वजनिक, ज्यानमुद्दाका ७५ जनालाई उन्मुक्ति (सूची) – Nepal Press

गणतन्त्र दिवसमा कैद छुट पाएका ४८२ जनाको नाम सार्वजनिक, ज्यानमुद्दाका ७५ जनालाई उन्मुक्ति (सूची)

काठमाडौं । सरकारले २०८० जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा कैद छुट दिएका ४८२ जनाको नामावली करिव १० महिनापछि सार्वजनिक गरेको छ ।

नेपालको संविधानको धारा २७६, फैजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ को नियम तीन र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद छुट दिएकाको नामावली राजपत्रमा प्रकाशित भएको हो ।

रमेश थलङ भन्ने हेमबहादुर थलङसमेत ४८२ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । यस अघि कैद छुट तथा मिनाहा पाउनेको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गर्ने गरेको भए पनि व्यक्तिको गोपनियताको हकलाई ख्याल गरेर वेवसाइटमार्फत सार्वजनिक गर्न रोकेको छ ।

जसमा ७५ जना कर्तव्य ज्यान मुद्दाका कैदी बन्दीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले कैद छुट दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर