वैदेशिक रोजगार विभागका लेखापाल घुससहित कार्यकक्षबाटै पक्राउ – Nepal Press

वैदेशिक रोजगार विभागका लेखापाल घुससहित कार्यकक्षबाटै पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागमा कार्यरत लेखापाल (नायब सुब्बा) प्रमोद निरौला सेवाग्राहीसँग घुस लिइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

आयोगको टोलीले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको ७१ हजार ६२० रुपैयाँसहित उनको कार्यकक्षबाटै मंगलबार नियन्त्रणमा लिएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *