लुम्बिनीका बिहार र गुम्बालाई व्यवसाय नबनाउन पर्यटन व्यवसायीको आग्रह – Nepal Press

लुम्बिनीका बिहार र गुम्बालाई व्यवसाय नबनाउन पर्यटन व्यवसायीको आग्रह

एक सातामा नहटाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी

रुपन्देही । लुम्बिनी विकास कोष क्षेत्रभित्रका बिहार र गुम्बाहरुले चरम दुरुपयोग गरी व्यवसायिकरुपमा पर्यटक राख्ने गरिएकाले यस्तो व्यवस्था अविलम्ब स्थायीरुपमा रोक लगाउन व्यवसायीहरुले माग गरेका छन् ।

लुम्बिनी होटल संघ नेपालले मंगलबार लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र स्थायी समाधानको ठोस कदम अगाडि बढाउन माग गरेको छ ।

बिहार क्षेत्रका संरचनाहरु गुरुयोजना क्षेत्र बाहिर रहेका होटलहरुसँग प्रतिष्पर्धा गर्दै पर्यटक राख्ने ठाउँमा फेरिंदा निजी क्षेत्रको ठूलो लगानी भएको होटेल व्यवसाय संकटमा परेको बताए ।

‘बिहार र गुम्बामा सयौं कोठाहरु पर्यटक राख्ने गरी बनाइएका छन्,बिहार र गुम्बा भनिने ठाउँहरु बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना होइन, व्यापारको थलो बनेका छन्’, ज्ञवालीले भने, ‘गुरुयोजनाको मर्मविपरीतको यस्तो कामको संरक्षण लुम्बिनी विकास कोषकै जिम्मेवार व्यक्तिबाट भएको छ यो स्थायीरुपमा रोकिनुपर्छ ।’

दशकौंदेखि यो माग उठाउँदै आएपनि यो समस्याले अहिले अप्रिय स्थितिको सिर्जना गरेको र व्यवसायीको धैर्यताको सीमा सकिएको उनको भनाइ छ ।

बिहारमा पर्यटक राखिँदा लुम्बिनी क्षेत्रका १० भन्दा बढी होटेल स्थायीरुपमा बन्द भएको र यो वर्ष थप होटलहरु बन्द हुने अवस्थामा पुगेको ज्ञवालीले बताए ।

संघका महासचिव पुरुषोत्तम अर्यालले बिहार तथा गुम्बालाई होटलको रुपमा सञ्चालन गरेर होटल व्यवसायलाई धरासायी बनाइएको बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईलाई संघले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० र मन्त्री, संस्कृति तथा नागरिक उडड्यन तथा कोषका अध्यक्ष हितमान तामाङलाई बोधार्थ पठाइएको संघका कानूनी सल्लाहकार प्रख्यात बन्जाडेले बताए ।

ज्ञापनपत्र बुझ्दै कोषाध्यक्ष भट्टराईले व्यवसायीको माग जायज भएको र कुनै न कुनै रुपमा सम्बोधन गर्नुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *