कृष्ण सिटौलाको प्रतिक्रिया- प्रवुद्ध भन्ने अनि सामान्य प्राविधिक रूपमा राख्ने तरिकाले राष्ट्रियसभा अगाडि जाँदैन (भिडिओ) – Nepal Press

कृष्ण सिटौलाको प्रतिक्रिया- प्रवुद्ध भन्ने अनि सामान्य प्राविधिक रूपमा राख्ने तरिकाले राष्ट्रियसभा अगाडि जाँदैन (भिडिओ)

काठमाडौं । राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभालाई सामान्य प्राविधिक रुपमा मात्रै राखेर अगाडि जान नसकिने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रियसभा सदस्य सिटौलाले राष्ट्रिय सभालाई प्रवुद्ध वर्गको भन्ने तर सामान्य प्राविधिक रुपमा मात्रै राखिएको भन्दै यस्तो तरिकाले राष्ट्रियसभा अगाडि जान नसक्ने बताएका हुन् ।

उनले कांग्रेस रचनात्मक र बलियो प्रतिपक्षको रुपमा बसेर देशको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउन आवाज उठाउने बताए । उनले कांग्रेस संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा रहेको बताए ।

राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ । कांग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउनको आवाज उठाइने उनले बताए ।

‘जनताको हित संरक्षण जसरी गर्नसक्छौँ भनेर संविधानमा परिकल्पना भएको छ । त्यो कार्यान्वयन हुन सकेको छैन । यथार्थ कुरा हो । समग्र विषयमा हामी गम्भिर छौँ । र गम्भिरतापूर्वक छलफल गर्नेछौँ । राष्ट्रिय सभालाई एउटा प्रवुद्ध वर्गको भन्ने अनि सामान्य प्राविधिक रुपमा मात्रै राख्ने तरिकाले राष्ट्रिय सभा अगाडी जाँदैन’, उनले भने, ‘हामी नेपाली काँग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउनको लागि जनताको हितमा निरन्तर आवाज उठाइरहने छौँ । नेपाली कांग्रेसले यो संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ । र राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्छ भन्ने मुल मान्यतामा रहेर हामी आफ्नो जनताको हितमा आवाज उठाउँछौँ ।’

उनले आफूहरुले देश र जनताको हितको लागि राष्ट्रियसभामा आवाज उठाउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर