प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नाउपाको ह्विप – Nepal Press

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नाउपाको ह्विप

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टीले ह्विप जारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले फाल्गुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ ।’

आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो ।

विश्वासको मतबारे निर्णय गर्न पार्टी अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठको अध्यक्षतामा सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बसेको थियो ।

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर