प्रधानमन्त्री प्रचण्डको संयोजकत्वमा मन्त्रिपरिषद्को राजनीतिक समिति गठन – Nepal Press

प्रधानमन्त्री प्रचण्डको संयोजकत्वमा मन्त्रिपरिषद्को राजनीतिक समिति गठन

यस्ता छन् मन्त्रिपरिषद्काे दुइटा बैठकले गरेका १५ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मन्त्रिरिषद्को राजनीतिक समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्य सम्पादन) नियमावली २०६४ बमोजिम प्रधानमन्त्री प्रचण्डको संयोजकत्वमा राजनीतिक समिति गठन गरेको हो ।

त्यस्तै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा प्रशासन समिति, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको संयोजकत्वमा आर्थिक पूर्वाधार समिति, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा विधेयक समिति र उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा सामाजिक समिति गठन गरिएको छ ।

बैठकले विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवबाट तीन जना कर्मचारीलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव पदमा बढुवा गर्ने र दुई जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

बैठकले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सन् २०२७ देखि २०२९ र सामाजिक तथा आर्थिक परिषद्को सन् २०२९ देखि २०३१ सम्मको अवधिका लागि सदस्य पदमा नेपालको उम्मेदवारी पेस गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।

यस्ता छन् दुई वटा मन्त्रिपरिषद् बैठकले गरेका १५ वटा निर्णय (सूचीसहित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर