टी-२० सिरिजको उपाधिका लागि नेपाल र पीएनजी खेल्ने – Nepal Press

टी-२० सिरिजको उपाधिका लागि नेपाल र पीएनजी खेल्ने

काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्ने भएको छ ।

पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो । फाइनल खेल बुधबार बिहान पौने १२ बजे सुरू हुनेछ ।

लिग चरणको खेल सकिँदा नेपालले ३ अंक र पीएनजीले २ अंक जोड्दा हङकङले १ अंक जोड्यो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।

नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टीम अंक बाडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर