राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, पक्षमा ३९ भोट (भिडिओ) – Nepal Press

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, पक्षमा ३९ भोट (भिडिओ)

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् ।

आज भएको राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन्।

दाहाललाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन थियो । उनी राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् ।

माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरे । भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत ल्याए । जम्मा ५६ भोट खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर