प्रचण्डको उथलपुथल र क्रमभंगसँग एमालेले राख्नुपर्ने सावधानी – Nepal Press

प्रचण्डको उथलपुथल र क्रमभंगसँग एमालेले राख्नुपर्ने सावधानी

नेपालको राजनीतिक अस्थिरताको कारक नेपालका केही राजनीतिक दलको विचारविहीनता, सत्ता महत्वाकांक्षा र वैदेशिक हस्तक्षेप आदि देखिँदै आएको छ । भर्खरै नेपालको सत्ता राजनीतिमा हेराफेरी भएको छ । अहिले बलियो एकताबद्ध कम्युनिष्ट पार्टी, समाजवादउन्मुख अर्थ व्यवस्थाको लागि बलियो वाम सरकार त्यसको लागि नयाँ क्रमभंग भनिएको छ ।

प्रचण्डजी जोड दिनुहुन्छ- म जिउँदो छउञ्जेल क्रमभंग भइरहन्छ । माओवादी यसैमा रमाउँछ । यसबाट नेपाली जनताले के बुझ्ने ? नेपाली जनताले चाहेको राष्ट्रिय हित, संविधानको रक्षा, अस्थिरता र अराजकताको अन्त, सामाजिक सद्भाव, राष्ट्रिय एकता, सुशासन, भ्रष्टाचारको अन्त, आर्थिक विकास, समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन बलियो स्थिर सरकारसहित समतामूलक र न्यायपूर्ण समाजको विकास गर्न सकिएला ? होला ?

उहाँले हिजो एकताबद्ध बलियो कम्युनिष्ट पार्टी फुटाउन नेतृत्व गर्नुभयो । विगतमा प्रचण्डले केपी शर्मा ओली नेतृत्वको वाम सरकार नेपाली काग्रेससँग मिलेर ढाल्नुभयो । दक्षिणपन्थी सरकार बनाउनुभयो । वैदेशिक हस्तक्षेप निम्त्याउनु भयो । अनि भारतीयद्वारा भारतको घोडाको उपमासमेत पाउनुभयो । यसलाई पनि क्रमभंगको सैद्धान्तिक आवरण पहिर्‍याइएको थियो ।

मार्क्सवादले क्रमभंगलाई स्वीकार गर्छ । तर, यसमा पुरानो पतनमुखी सामाजिक, आर्थिक, राजनीतिक परिपाटीको अन्त गरी परिवर्तनकारी, प्रगतिशील, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रणाली निर्माणको माग गर्छ ।

मार्क्सवादले क्रमभंगलाई स्वीकार गर्छ । तर, यसमा पुरानो पतनमुखी सामाजिक, आर्थिक, राजनीतिक परिपाटीको अन्त गरी परिवर्तनकारी, प्रगतिशील, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रणाली निर्माणको माग गर्छ । प्रचण्डको विगतदेखि भनिएको क्रमभंगले बलियो वामपन्थी शक्तिको सरकार निर्माण गरी जनवादी व्यवस्थाको सुदृढीकरण गरेको छ ? राष्ट्रिय पूँजी विकास गरी समाजवादको आधार निर्माणमा सहयोग पुगेको छ ? छैन । यसले दक्षिणपन्थी शक्तिलाई नै सहयोग पुगेको छ । वाम आन्दोलन कमजोर भएको छ ।

अहिले वामपन्थिको सरकार निर्माण, पुनरुत्थानवादी प्रतिगामी शक्ति, वित्तीय एकाधिकारी पूँजीवादी र दलाल पूँजीवादका पक्षपोषकबाहेकको शक्तिलाई एकताबद्ध गरी नयाँ वाम सरकार गठन गर्ने कुरा व्यक्त गरिएको छ, यो राम्रो छ । शंका लाग्छ, प्रचण्डले नौरंगी क्रमभंगको तुरुप कुन अदृश्य खल्तीबाट कतिखेर निकाल्ने हुन् ! आफ्नो सत्ता स्वार्थ र महत्वाकांक्षा पूरा गर्न कहाँ, कुन समयमा, कसको पक्षमा र कसको विपक्षमा प्रयोग गर्ने हुन् ? त्यो कुरा आफ्ना पार्टीका नेताले मात्र होइन, स्वयम् प्रचण्डले पनि थाहा पाउँदैनन् ।

कम्युनिष्ट गल्तीबाट सिक्छन्, आत्मालोचना गर्छन्, गल्ती दोहोर्‍याउँदैनन् । यो मान्यतालाई आत्मासात गरी प्रचण्ड साँच्चै सच्चिएर मार्क्सवादी विश्व दृष्टिकोणसहितको क्रमभंगमा आएका हुन् भने हामीले स्वागत गर्नुपर्छ, सहकार्य गर्नुपर्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको ८ वर्षसम्म पनि मुलुकले राजनीतिक स्थायित्व कायम गरी नेपालको स्वाभीमान, राष्ट्रिय हित, विकास र सुशासनसहित नयाँ गन्तव्य पाउन सकेको छैन । यसको मूल कारण पनि प्रचण्डको सत्ता स्वार्थ, महत्वाकांक्षा र कथित क्रमभंग नै हो ।

कम्युनिष्ट गल्तीबाट सिक्छन्, आत्मालोचना गर्छन्, गल्ती दोहोर्‍याउँदैनन् । यो मान्यतालाई आत्मासात गरी प्रचण्ड साँच्चै सच्चिएर मार्क्सवादी विश्व दृष्टिकोणसहितको क्रमभंगमा आएका हुन् भने हामीले स्वागत गर्नुपर्छ, सहकार्य गर्नुपर्छ । यो राम्रो छ । पुरानो गठबन्धन टुटेपछि प्रमुख प्रतिपक्षले मुलुकलाई सरकारविहीनताको स्थिति आउन दिँदैन, दिनुहुँदैन । यो विन्दुसम्म हामी ठीक छौं ।

हामीले अहिले प्रचण्डलाई शंकाको सुविधा दिऔं । आउँदा दिनमा कथनी र करणीमा जाँच-पड्ताल गरौं । देशलाई मार्क्सवाद र जबजको राजनीतिक कार्यदिशातर्फ क्रमशः लैजान एकल बलियो राजनीतिक शक्तिको विकास आजको आवश्यकता हो, यो आवश्यकता पूरा गर्न बलियो एकताबद्ध एमालेको नेतृत्व अपरिहार्य छ । त्यसैले सरकारको गतिशीलतामा सशक्त सहभागितासँगै पार्टी निर्माणमा समेत एकताबद्ध भएर अगाडि बढौं ।

(पोखरेल नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *