दशरथ रंगशाला लायक नभएपछि बहराइनमा हुने भयो नेपालको ‘होम म्याच’ – Nepal Press

दशरथ रंगशाला लायक नभएपछि बहराइनमा हुने भयो नेपालको ‘होम म्याच’

हेटौंडा । नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको अवस्था खेल्नको लागि लायक नभएको भन्दै एसियाली फुटबल महासङ्ग (एएफसी) का प्रतिनिधिले प्रतिवेदन दिएपछि नेपाली राष्ट्रिय फुटबल टीमले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको होम म्याच उसैको मैदानमा खेल्नुपर्ने भएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै एन्फा केन्द्रीय सदस्य टिकाराम लामाले खेल बहराइनमा हुने बताए ।

नेपालले आगामी चैत ८ गते होम म्याच अब बहराइनमानै खेल्ने भएको हो । त्यसपछि चैत १३ मा हुने अवे म्याच हुनेछ ।

विश्वकप र एसिया कपको छनोट हुने महत्वपूर्ण खेल भएको कारण एएफसीले प्रतिनिधि पठाएर रंगशालाको अनुगमन गराएको थियो । तर अनुगमनको क्रममा रंगशाला लायक नरहेको पाइएको प्रतिवेदन प्रतिनिधिद्वारा एएफसीलाई पेश गरिएको थियो ।

समूह एचमा रहेको नेपालले त्यसपछि युएईसँग खेल्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर