ग्याल्पो ल्होसार मनाएको एक महिनापछि सरकारले दियो सार्वजनिक बिदा, शेर्पा समुदाय नै छक्क – Nepal Press

ग्याल्पो ल्होसार मनाएको एक महिनापछि सरकारले दियो सार्वजनिक बिदा, शेर्पा समुदाय नै छक्क

काठमाडौं । शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइएपनि सरकारले अहिले सार्वजनिक बिदा दिएको पाइएको छ ।

गत माघ २७ गते नै मनाइसकेको चाडलाई अहिले बिदा र शुभकामना दिएर सरकारले मजाक गरेको भन्दै शेर्पा समुदाय नै छक्क परेका छन् ।

लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष नाम्गेल शेर्पाले सोनाम र ग्याल्पो ल्होसार त्यही दिन मनाइसकिएको बताए ।

‘शेर्पाको संस्कृतिलाई लिएर सम्बन्धित विज्ञसँग छलफल नगरी सरकारले क्यालेण्डरमा बिदा जनायो । योभन्दा मजाक के हुन्छ र !’,

शेर्पा संघका अध्यक्ष ग्याल्जेन लामाले ग्याल्पो ल्होसार र सोनाम ल्होसार गत माघ २७ गते एकैदिन परेको भन्दै त्यही दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएको बताए ।  लामाले आफूहरु पनि एक महिनाअघि मनाएको पर्वको आज सार्वजनिक विदा र सरकारले शुभकामना दिएकोमा छक्क परेको बताए ।

‘यो चाहिँ पञ्चांग समितिले पोहोरकै तिथि राखेको रहेछ । यो तीन/चार वर्षसम्म एकैपटक हुन्छ’, उनले भने ।

त्यसो भए यो सरकारले किन बिदा दिएको छ ? भन्ने प्रश्नमा लामाले भने, ‘यो सरकारलाई कहाँ के छ थाहा छैन । अस्ति नै बिदा पनि दिएको थियो ।’


प्रतिक्रिया

One thought on “ग्याल्पो ल्होसार मनाएको एक महिनापछि सरकारले दियो सार्वजनिक बिदा, शेर्पा समुदाय नै छक्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर