गोरखामा आइफोन चोरी गरेको आरोपमा एकजना पक्राउ – Nepal Press

गोरखामा आइफोन चोरी गरेको आरोपमा एकजना पक्राउ

पोखरा । गोरखामा आइफोन एक्स मोबाइल चोरी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आइफोन चोरी गरेको आरोपमा गोरखा नगरपालिका–७, पुरानो बसपार्क बस्ने २९ वर्षीय सुमन बरामलाई पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।

गोरखा प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीअनुसार हराएको मोबाइलसहित बरामलाई आइतबार पक्राउ गरिएको हो । बरामलाई चोरी कसूर शीर्षकमा मुद्दामा गोरखा जिल्ला अदालत गोरखाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

गत शुक्रबार गोरखा नगरपालिका ५ पस्लाङस्थित कैलाश आलेको घर कोठाबाट आइफोन हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *