एकठ्ठा हुँदै मधेसी नेता- हृदयेश, वृशेषचन्द्र र सीके राउतको पार्टीबीच सहकार्यको सहमति – Nepal Press

एकठ्ठा हुँदै मधेसी नेता- हृदयेश, वृशेषचन्द्र र सीके राउतको पार्टीबीच सहकार्यको सहमति

जनकपुरधाम । जनता प्रगतिशील पार्टी (जप्रपा) र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) सँग जनमत पार्टी पनि सहकार्यका लागि तयार भएको छ ।

जप्रपाका अध्यक्ष हृदयेश त्रिपाठी, तमलोपा अध्यक्ष वृशेषचन्द्र लाल र जनमतका अध्यक्ष डा. सीके राउतले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । देशका समसामयिक मुद्दा तथा समस्या समाधान गर्न तीनै पार्टी सहकार्य गर्न सहमत भएको संयुक्त जारी विज्ञप्तिमा उल्लेख छ ।

संविधान संशोधन गर्न, सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेदहरू अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पूँजी निर्माण गर्नलगायतका ७ बुँदामा तीनै पार्टी सहकार्य गरेका छन् ।

देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील रहन, उद्योग-धन्दा तथा कलकारखानाहरू स्थापित गर्दै रोजगारी सिर्जना गर्न र गुणस्तरीय तथा सर्वसुलभ शिक्षा र स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न पनि सहकार्यको गरेको तीनै दलका अध्यक्षद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ‌।

जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीबीच यसअघि नै सहकार्य भइरहेको छ । तर, अब जनमत पार्टी पनि मिसिएको छ ।


प्रतिक्रिया

One thought on “एकठ्ठा हुँदै मधेसी नेता- हृदयेश, वृशेषचन्द्र र सीके राउतको पार्टीबीच सहकार्यको सहमति

  1. अर्को ठगबन्धन आयो । विभिन्न नाममा ठग्दै ठग्दै अब नयाँ रूपमा ठग्न आए । ठग पठाउने दिल्ली नै हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर