नाबालिक छाेरीमाथि बलात्कार आराेपमा बाबु पक्राउ – Nepal Press

नाबालिक छाेरीमाथि बलात्कार आराेपमा बाबु पक्राउ

कैलाली । अछाममा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । शनिबार मंगलसैन नगरपालिका वडा नम्बर १४ मा ३५ वर्षीय बाबुले १२ वर्षीया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

नाबालिक छोरी बलात्कारको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

शनिबार साँझ ४ बजेतिर छोरीलाई बाबुले घरभित्रै मादक पदार्थ सेवन गरेर बलात्कार गरेको प्रहरीले जनाएको छ । घरमै रहेकी आमाले घटना थाहा पाएपछि प्रहरीले जानकारी पाएको थियो ।

शनिबार साँझै बाबुलाई नियन्त्रणमा लिइएको र म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए ।

बलात्कृत नाबालिकको शनिबार नै स्वास्थ्य परीक्षण गरिएको र प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखिएको प्रहरीले बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर