जसपाका दुई मन्त्री थप : उपेन्द्रसहितले लिए शपथ – Nepal Press

जसपाका दुई मन्त्री थप : उपेन्द्रसहितले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज जनता समाजवादी पार्टीका २ मन्त्री थपिएका हुन् । योसँगै सरकारले पूर्णता पाएको छ । उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र नवकिशोर शाह वनमन्त्री नियुक्त भएका हुन् ।

यादवसहित प्रचण्ड सरकारमा चारजना उपप्रधानमन्त्री नियुक्त भएका छन् । एमालेका रघुवीर महासेठ पहिलो वरीयतामा रहँदा नारायणकाजी श्रेष्ठ, रवि लामिछाने क्रमश: दोस्रो र तेस्रो वरीयतामा छन् । यादवलाई अन्तिम वरीयतामा राखिएको छ ।

शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

जसपा अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा २ बाट निर्वाचित भएका थिए । उनी यसअघि २०७५ मा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७९ मा सप्तरी १ बाट निर्वाचित नवलकिशोर साह यसअघि मधेस प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री थिए ।

prachanda team

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर