त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आज हङकङसँग भिड्दै – Nepal Press

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आज हङकङसँग भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाको पहिलो खेलमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा मोकं कोकमा सुरु हुनेछ ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आजदेखि त्रिकोणात्मक टी-२० आई श्रृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । त्रिकोणात्मक श्रृङ्खला खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो ।

नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ ।फागुन ३० गते त्रिकोणात्मक श्रृङ्खलाको फाइनल खेल हुनेछ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर