आदिवासी जनजातिको पहिचान एमालेले दिएको हो: पासाङ शेर्पा – Nepal Press

आदिवासी जनजातिको पहिचान एमालेले दिएको हो: पासाङ शेर्पा

उदयपुर । नेकपा एमालेको केन्द्रीय सदस्य तथा लोकतान्त्रिक आदिबासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले अहिले पहिचानवादीहरुले गरेको आन्दोलन मिथ्याको आन्दोलन भएको र खासमा आदिबासी जनजातीहरुको पहिचान नेकपा एमालेले दिलाएको बताएका छन्।

शनिबार उदयपुरको गाईघाटमा आयोजित लोकतान्त्रिक आदिबासी जनजाती महासंघ उदयपुर जिल्ला समितिको दोश्रो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा प्रमुख अतिथि समेत रहेका शेर्पाले नेकपा एमालेका नेता अमृत बोहरा स्थानीय विकासमन्त्री भएको समयमा आदिवासी जनजातीको पहिचान दिलाउनका लागि आयोग गठन गरेर आदिबासी जनजातीहरुको सूचिकरण गरेको तर अहिले आएर अनेक प्रकारका आरोप एमालेमाथि थोपरेर पहिचान विरोधीको आक्षेप लगाउने काम भएको बताए ।

पहिचानवादीहरुले लगाएको आरोपमा सत्यता नभएको र नेपाली कांग्रेस माओवादी लगायतका दलहरुले सो कुरा बिर्सेर एमाले उपर दोषारोपण गरेर इतिहास र एमालेले गरेको काम बिर्सन खोजेको बताए ।

कार्यक्रममा नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा उदयपुर इन्चार्ज पर्शुराम मेघी गुरुङले नेकपा एमालेले आदिबासी जनजातीका पक्षमा धेरै राम्रा काम गरेको र देशका आदिबासी जनजातीहरको उत्थानकालागि निरन्तर लागि रहेकोले पहिचानबादीहरुले गलत प्रचार प्रसार गरेर नेकपा एमालेलाई बदनाम गराउन खोजेको बताए।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पालिका ईन्चाज अम्बिका थापा, प्रदेश सदस्य ईश्वरमणी राउत प्रकास कुमार बस्नेत देवराज राई पार्टी अध्यक्ष प्रमेश्वर घिमिरे प्रदेश सल्लाहकार बैकुण्ठनाथ दाहाल लगाएत एमाले नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

आदिबासी जनजाती महासंघ उदयपुर जिल्ला कमिटीका अध्यक्ष धर्म बहादुर तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा उदयपुर जिल्लाका ८ वटै पालिकाका करीब ५ सय प्रतिनिधि सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर