नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा पूर्वप्रअ शर्माविरूद्व अख्तियारद्वारा मुद्दा दर्ता – Nepal Press

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा पूर्वप्रअ शर्माविरूद्व अख्तियारद्वारा मुद्दा दर्ता

रूपन्देही । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा रूपन्देहीको देवदह नगरपालिका- ५ स्थित केरवानी माविका पूर्वप्रधानाध्याक दुर्गादत्त शर्माविरूद्व अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

शर्माले स्नातकोत्तर तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी देवदह आदर्श बहुमुखी क्याम्पसको सहायक प्राध्यापक पदमा नियुक्ति लिएको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी विश्वविद्यालय अनुदान आयोगबाट वार्षिक रुपमा नियमित अनुदान लिने क्याम्पसको सहायक प्राध्यापक पदमा नियु्क्त भएको पुष्टि हुन आएकाले शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको बताए ।

शर्माले स्नातकोत्तर तहको नक्कली शैक्षिक लब्धाङ्कपत्र र प्रमाणपत्र पेश गरी सहायक प्राध्यापकको नियुक्ति लिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिम सजाय हुन मागदाबी गरेको छ ।

शर्मा भने एक वर्षअगाडि नै सेवा निवृत्त भएर हाल छोराछोरीसँग अष्ट्रेलियामा बस्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *