नयाँ समीकरणकाे सरकारलाई शुभकामना दिँदै झलनाथ खनालले औंल्याए चुनौतीका चाङ – Nepal Press

नयाँ समीकरणकाे सरकारलाई शुभकामना दिँदै झलनाथ खनालले औंल्याए चुनौतीका चाङ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेसहितको नयाँ समीकरणको सरकारलाई शुभकामना दिएका छन् । सँगै पूर्वप्रधानमन्त्री खनालले सरकारसामु चुनौतीको चाङ रहेको औंल्याएका छन् ।

जुन चुनौती सफलतापूर्वक पूरा गर्नुपर्ने र दायाँबायाँ गर्ने छुट नभएकोतर्फ उनले जोड दिएका छन् ।

यो सरकार बन्दा जनतामा नयाँ आशाको सञ्चार भएको भन्दै उनले मुलकका वामपन्थी, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरुसमेत यो सरकारप्रति सकारात्मक देखिएको उल्लेख गरेका छन् ।

यद्यपि यो सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरु विभिन्न चलखेल र षड्यन्त्रमा लागिसकेको नेता खनालले दाबी गरेका छन् ।

हेर्नस् खनालले औंल्याएका सरकारका कार्यभारहरु

 

 


प्रतिक्रिया

One thought on “नयाँ समीकरणकाे सरकारलाई शुभकामना दिँदै झलनाथ खनालले औंल्याए चुनौतीका चाङ

  1. जुन शक्ति आए पनि काम हुनुपर्छ जनताको लागि । तर अहिलेसम्म हेर्दा एमाले बाहेक अरूको काम गर्ने मनसाय नै देखिदैन । यो देशको सार्वभौमिकता बचाएर देशको दीगो विकास गरेर नेपाललाई समृद्व देश बनाउने अठोट र काम गर्न सक्ने पार्टी एमाले मात्र देखिन्छ । तर जब एमाले सरकारमा जान्छ विदेशी, विशेषगरी भारत र स्वदेशका फटाहाहरूलाई मन पर्दैन । अहिले पनि भारतीय मिडियाको रोईलो शुरू भैसक्यो । एमाले भएपछि हैकम चलाउन सकिँदैन भन्ने चिन्ता छ दिल्लीलाई । दिल्लीसँग निहु नखोज्ने, आईलागे प्रतिकार गर्ने, चीनतर्फको पहुँचलाई दिगो बनाउने, १९५० को सन्धी संशोधन गर्न भारतलाई मनाउने र नमानेमा एकतर्फी रद्वको घोषणा गर्ने र नेपाल र भारतवीचको खुला सिमानालाई बन्द गर्ने रणनीति सहित एमाले अघि बढोस् । सुझाव यहि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर