भारतले चीनसँग विवादित सीमा क्षेत्रमा दोब्बरले बढायो सेना – Nepal Press

भारतले चीनसँग विवादित सीमा क्षेत्रमा दोब्बरले बढायो सेना

काठमाडौं । भारतले आफ्नो पश्चिमको चीनसँगको सिमानामा सुरक्षा दस्ता बढाएको छ । ब्लुमबर्गको तथ्यांक साभार गरेर रुसी च्यानल आरटीले बनाएको समाचारअनुसार भारतले पश्चिम क्षेत्रको चीनसँग विवाद भएको सीमा क्षेत्रमा कार्यरत ९ हजार सैनिकको अतिरिक्त दश हजार फौज पठाएको छ ।

चीनसँग जोडिएको हिमाचल प्रदेशको ५३२ किलोमिटर सीमा हेर्ने सैनिकको संख्या २० हजार पुगेको आरटीले उल्लेख गरेको छ । जापानको टोक्योमा आयोजना भएको राइसिना राउण्ड टेबलमा बोल्दै भारतीय विदेशमन्त्री एस. जयशंकरले चीनले भारतसँग गरेको सम्झौता पालना नगरेको सार्वजनिक अभिव्यक्ति दिएलगत्तै यस्तो जानकारी सार्वजनिक भएको आरटीले उल्लेख गरेको छ ।

गत अक्टोबरमा भारतले पाकिस्तान तथा चीनसँगको सीमा क्षेत्रमा ड्रोन गस्ती बढाएको पनि ब्लुमबर्गले जानकारी दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर