बेनोज अधिकारीलाई सम्झँदै अखिल क्रान्तिकारीको टोली मोरङको बाघझोडामा – Nepal Press

बेनोज अधिकारीलाई सम्झँदै अखिल क्रान्तिकारीको टोली मोरङको बाघझोडामा

मोरङ । अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष जीपी मैनालीसहितको टोली सहिद बेनोजलाई सम्झँदै मोरङको बाघझोडा पुगेको छ ।

अखिल क्रान्तिकारीको तत्कालीन उपाध्यक्ष बेनोज अधिकारी स्मृति दिवसको दिन, उपाध्यक्ष मैनाली सहितको टोली बिहीबार अधिकारीको हत्या भएको स्थान मोरङको बाघझोडा पुगेको हो ।

टोलीमा क्रान्तिकारीका पूर्व उपाध्यक्ष तथा सुनसरी माओवादी केन्द्रका नेता मदन चुडालसहित क्रान्तिकारीको स्थानीय नेतृत्व सहभागी थियो ।

टोलीले बेनोज हत्या गरिएको सुन्दरहरैंचास्थित जंगलसहित, सुकुना बहमुखी क्याम्पस अगाडी निर्मित सहिद बेनोज गेट पुगेको अखिल(कान्तिकारी) नेता उमेश सेन्चुरीले जानकारी दिए ।

तत्कालीन उपाध्यक्ष अधिकारीलाई २०५८ फागुन २४ गते आजकै दिन तत्कालीन राज्य सत्ताले गिरफ्तापछि हत्या गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर