कांग्रेसको आरोप- जनता र संविधानमाथि प्रधानमन्त्रीले कुठाराघात गरे – Nepal Press

कांग्रेसको आरोप- जनता र संविधानमाथि प्रधानमन्त्रीले कुठाराघात गरे

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको मूल्य मान्यताविपरीत र सहमति तोडेर एकतर्फी रूपमा गठबन्धन टुटाएको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले कांग्रेसप्रति मात्रै नभई जनता र संविधानमाथि पनि कुठाराघात गरेको बताए ।

उनले भने, ‘अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो । जनमतको अपमान गर्दै कपोकल्पित कारण र मुद्दा उचालेर आफ्नो जिम्मेवारी भाग्ने कदमलाई हामीले राजनीतिक बेइमानी भनेका हौं ।’

कांग्रेसको आरोप- जनता र संविधानमाथि प्रधानमन्त्रीले कुठाराघात गरे

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको मूल्य मान्यताविपरीत र सहमति तोडेर एकतर्फी रूपमा गठबन्धन टुटाएको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले कांग्रेसप्रति मात्रै नभई जनता र संविधानमाथि पनि कुठाराघात गरेको बताए ।

उनले भने, ‘अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो । जनमतको अपमान गर्दै कपोकल्पित कारण र मुद्दा उचालेर आफ्नो जिम्मेवारी भाग्ने कदमलाई हामीले राजनीतिक बेइमानी भनेका हौं ।’

प्रधानमन्त्रीको कदमले राजनीतिक अस्थिरता बढेर गएको उनको टिप्पणी थियो ।

उनले भने, ‘हामीले गठबन्धनप्रति इमान्दारिता देखाएका थियौं । हामीले इमान्दारिता देखाउँदा पनि गठबन्धन भत्काउने कांग्रेसप्रति विश्वासघात भएको ठहर गरेका छौं ।

उनले छलफलविना प्रधानमन्त्री गठबन्धन टुटाउनुले औचित्यविहीन भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर