राजनीति हस्तक्षेप मुक्त गर्न विश्वविद्यालय ऐन सुधारको काम अघि बढाउँछु : नवनियुक्त शिक्षामन्त्री श्रेष्ठ – Nepal Press

राजनीति हस्तक्षेप मुक्त गर्न विश्वविद्यालय ऐन सुधारको काम अघि बढाउँछु : नवनियुक्त शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन् ।

बुधबार सपथपछि सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त गर्न आवश्यक निर्णय गरिएको बताइन् ।

संघीय कानूनअनुसार स्थापना भएका ११ विश्वविद्यालयको कुलपति र उपकुलपति नियुक्त विज्ञहरुबाट गर्न मौज्युदा विश्वविद्यालय ऐन सुधार गर्न प्रारम्भिक काम कारबाही अघि बढाउने उनले बताइन् ।

मन्त्री श्रेष्ठले पढ्नका लागि बिदेश जानुपर्ने अवस्थाको अध्ययन गर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर