कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ४ जनाको मृत्यु – Nepal Press

कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ४ जनाको मृत्यु

काठमाडौं । कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस त्रिशुलीमा खसेकाे छ ।

विहान ५ बजे धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट लु २ ख २१२१ नम्बरको  यात्रुवहाक बस त्रिशुलीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जनाको सकशुल उद्धार गरिएको छ।

बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए

उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् ।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

बस अनियन्त्रित भई त्रिशुलीमा खसेको  हुन सक्ने प्रहरीले बताएकाे छ । बसमा कति यात्रु सवार थिए भन्ने खुलेकाे छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *