२.२५ र १.५ लिटर कोका-कोलाको खरिदमा २५० मिलिलिटर निःशुल्क – Nepal Press

२.२५ र १.५ लिटर कोका-कोलाको खरिदमा २५० मिलिलिटर निःशुल्क

काठमाडौं । पेयपदार्थ उत्पादक कोका-कोलाले २.२५ र १.५ लिटर कोका-कोलाको खरिदमा २५० मिलिलिटर निःशुल्क प्रदान गर्ने भएको छ । कोका-कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका-कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका-कोला निःशुल्क प्रदान गर्ने भएको हो ।

यस प्रमोशनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो । जुन धेरै वर्षदेखि निरन्तर चल्दै आइरहेको छ । कोका-कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

अफरले कोका-कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिने कम्पनीको विश्वास छ । अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, ‘कोका-कोला सधैं आफ्ना उपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ । यो विशेष अफरले हाम्रा उपभोक्ताहरुको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्‍याउनेछ भन्ने हामीलाई विश्वास छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर