शौच गर्न गएकी किशोरीको हत्या आरोपमा एकजना पक्राउ, प्रेम सम्बन्ध कारक रहेको प्रारम्भिक निष्कर्ष – Nepal Press

शौच गर्न गएकी किशोरीको हत्या आरोपमा एकजना पक्राउ, प्रेम सम्बन्ध कारक रहेको प्रारम्भिक निष्कर्ष

विराटनगर । मोरङको पथरीशनिश्चरे- ७ की ज्ञानमति थुलुङ राईको हत्यामा सम्लग्न आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ ग्रामथान गाउँपालिकाका धिरेन चौधरी पक्राउ परेका हुन् । पथरीस्थित लामा टोलमा शौचालय गएको बेला १५ वर्षीया ज्ञानमतीको हत्या गरिएको थियो । प्रेम सम्बन्धलाई लिएर उनको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

हत्याको विषयमा सबै कोणबाट अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले नेपाल प्रेसलाई जानकारी दिए ।

मामा घरमा बस्दै आएकी राईको सोमबार राति करिब साढे १० बजे कोठाबाट शौच जाने क्रममा गर्धनसहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर