एनआईसी एसियासँगको सहकार्यमा र मोरङ क्रिकेट एसोसिएसनद्वारा राष्ट्रिय टी २० च्याम्पियनसिपको घोषणा – Nepal Press

एनआईसी एसियासँगको सहकार्यमा र मोरङ क्रिकेट एसोसिएसनद्वारा राष्ट्रिय टी २० च्याम्पियनसिपको घोषणा

काठमाडौं । एनआईसी एसिया बैंक र मोरङ जिल्ला क्रिकेट एसोसिएसनले राष्ट्रिय टी २० च्याम्पियनसिप आयोजनाको घोषणा गरेका छन्।

बैंक र मोरङ जिल्ला क्रिकेट एसोसिएसनलेका प्रतिधिनिहरुले विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा मार्च ५(मंगलबार फागुन २२) देखि मार्च १६ सम्म राष्ट्रिय टी २० च्याम्पियनसिप आयोजनाको घोषणा गरेका हुन्।

आजदेखि सुरु भएको राष्ट्रिय टी २० च्याम्पियनसिपका बारेमा बोल्दै ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख सरोज भट्टराईले भने, ‘नेपाली खेल क्षेत्रमा क्रिकेट खेलले पुर्याएको गहिरो महत्वलाई एनआईसी एसिया बैंकले क्रिकेटमा देखाएको समर्पणले थप उजागर गर्ने हामीले विश्वास लिएका छौं । नेपाली जनमानसको मन(मनमा विशेष स्थान ओगटेको क्रिकेट खेलले समुदायलाई एकताबद्ध गर्ने अविस्मरणीय कार्य गरेको छ । यस गौरवमय प्रतियोगिताको एउटा प्रमुख साझेदार बन्ने सुअवसर हामीलाई प्राप्त भएकोमा हामी निकै नै हर्षित छौं। बैंकले एकता, टिमवर्क र उत्कृष्टताको भावनालाई बढावा दिँदै आएको छ। जुन कुरा खेल जीवनमा समेत चरितार्थ हुँदै आएको छ। बैंकले यस्ता प्रतियोगिताहरूमा सहकार्य गरेर खेल जीवनलाई प्रवर्द्धन गर्ने मात्र नभई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न इच्छुक युवा क्रिकेटरहरूलाई उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ। सम्भवतः बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनिू भन्ने हाम्रो नारालाई स्थापित गर्न समेत हाम्रो खेल क्षेत्रसँगको हातेमालोले निकै नै ठोस योगदान दिनेछ भन्ने बैंकले विश्वास लिएको छ । यस प्रतियोगिताको अविश्मरणीय साझेदार बन्ने जिम्मेवारी दिनुभएकोमा आयोजक महानुभावहरू प्रति बैंक परिवर हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

त्यस्तै, मोरङ जिल्ला क्रिकेट एसोसिएसनका अध्यक्ष एमडी साद कुरेशीले भने, ‘मोरङ जिल्ला क्रिकेट एसोसिएसनको तर्फबाट हामी क्रिकेट व्यवस्थापनमा एक महत्त्वपूर्ण कदमको पहिलो प्रमुख चरणमा भुक्तानीहरूको डिजिटलाइजेसन गर्दै छौं। एन आई सी एसिया बैंकको सहकार्यमा हामी प्लेयर अफ दी म्याच को रकम क्युआर कोडबाट भुक्तानी गर्नेछौं। यस नवीन दृष्टिकोण क्रिकेट व्यवस्थापनको विकासमा एउटा मेरूदणडको रहेको हामीले बुझेका छौं । र, यसलाई सम्भव तुल्याउन एनआईसी एसिया बैंकको सदाचारी समर्थन हाम्रा लागि कोषेढुंगा सावित भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर