युरोपेली संघका देशका राजदूतहरूलाई निष्कासन गर्नुपर्छ : रुसी पूर्व राष्ट्रपति मेदभेदेव – Nepal Press

युरोपेली संघका देशका राजदूतहरूलाई निष्कासन गर्नुपर्छ : रुसी पूर्व राष्ट्रपति मेदभेदेव

काठमाडौं। रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले रुसमा भएका युरोपेली संघका सबै राजदूतहरूलाई निष्कासन गर्नुपर्ने बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार मेदभेदेवले रुसमा हुने चुनावी धाँधलीको बारेमा छलफल गर्न उनीहरूले नमानेको भन्दै मेदभेदेवले यस्तो बताएका हुन् ।

‘ब्रसेल्सको आदेशमा युरोपेली संघका देशका राजदूतहरूले रुसी विदेश मन्त्रीसँग छलफल गर्न अस्वीकार गरेका छन्’, मेदभेदेवले भनेका छन्, ‘यो भनेको राजदूतावास हुनु वा राजदूत हुनुको औचित्य भित्रको कुरा होइन । सबै युरोपेली संघका देशका राजदूतहरूलाई रुसले निष्कासन गर्नुपर्छ र कूटनीतिक सम्बन्धको तह घटुवा गर्नुपर्छ ।’

पुटिन अध्यक्ष रहने रुसको राष्ट्रिय सुरक्षा परिषद्का उपाध्यक्षसमेत रहेका मेदभेदेवले भनेको यो भनाई अर्थपूर्ण मानिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर